पछिल्लो ३ दिनमा काठमाण्डौका ४ वटा पेट्रोल पम्प 'सिल'

 कात्तिक २, २०८० बिहीबार १६:२६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – उपभोक्तालाई कम तेल दिएर ठग्ने काठमाण्डौका चार वटा पेट्रोल पम्प सरकारले सिल गरेको छ । निरन्तर पम्पहरूको अनुगमन गरिरहेको सरकारी अनुगमन टोलीले पछिल्लो तीन दिनमा काठमाण्डौका चार वटा पम्प सिल गरेको हो ।

अनुगमन टोलीले शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प, हल्चोकको सशस्त्र प्रहरीको पेट्रोल पम्प, कलङ्कीको श्यामा पेट्रोल पम्प र तीनकुनेको बाबा भ्याली पेट्रोल पम्प सिल गरेको हो । अनुगमन टोलीले आज बिहीवार हरिसिद्धि पेट्रोल पम्प सिल गरेको हाे । हिजो बुधवार सशस्त्र प्रहरीको पेट्रोल पम्प र श्यामा पेट्रोल पम्प सिल गरेको थियो । त्यस्तै टोलीले अस्ति मङ्गलवार बेलुका बाबा भ्याली पेट्रोल पम्प सिल गरेको थियो ।

प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग प्रतिनिधि सम्मिलित टोलीले अहिले पेट्रोल पम्पहरूको अनुगमन गरिरहेको छ । सिल भएका पेट्राेल पम्पहरूलाई कारबाही गरेर मात्रै पुनः सञ्चालनको अनुमति दिइने सरकारले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया