उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
रामेछाप – दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ । अध्यक्ष माेक्तानले सिक्ने क्रममा मङ्गलवार प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरकाे गाडी (जीप) दुर्घटनामा परेकाे हाे ।
अध्यक्ष मोक्तानले कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीकाे चाबी चालकसँग मागेर आफैँले चलाएर स्वास्थ्य चौकी टोकरपुरसम्म लैजानुभएकाे थियाे । उहाँले त्याे गाडी स्वास्थ्य चौकीबाट फर्काएर कार्यालय परिसरमा ल्याएर पुनः परिसरबाट बाहिर निकाल्ने क्रममा दुर्घटनामा परेको हो । गाडी दुर्घटनामा परे पनि अध्यक्ष माेक्तान सकुशल हुनुहुन्छ ।
अध्यक्ष मोक्तानले गाडी निकाल्दै गर्दा अकस्मात् एक्सिलेटर दबाउँदा हुत्तिएर पालिकाको भवनमुनि रहेकाे चिस्यान केन्द्रको भवन नजिकै ठोकिएकाे थियो । गाडी ठाेकिँदा अगाडिकाे भागमा क्षति पुगेकाे छ । अहिले त्याे गाडीलाई चालकले त्रिपाल ओढाएर राखेका छन् । गाडी दुर्घटनामा परेपछि अध्यक्ष माेक्तान अर्कै गाडी लिएर काठमाण्डाै जानुभएकाे गाउँपालिकाका एक कर्मचारीले बताए ।
गाउँपालिकाको गाडी चलाउन पालिकाले नै चालक भर्ना गरेर राखे पनि चालक अनुमति पत्र विना नै अध्यक्ष मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेकाे र त्याे गाडी मर्मतको खर्च पालिकाले बेहाेर्छ कि अध्यक्ष माेक्तानले बेहाेर्छन् भन्दै सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूले प्रश्न साेधेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।