उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) ले सिकाइ शृङ्खलाको अर्को कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना सदस्यहरूमा सिकाइ शृङ्खलाअन्तर्गत 'एमच्याम' ले मकवानपुरकाे चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भ्रमण गराएको हो ।
कार्यक्रमले घाम पावर नेपालले सौर्य प्रविधिमार्फत ५ सय ४ किलोवाट क्षमताको सोलार र नेपालकै सबैभन्दा ठूलो कन्टेनराइज्ड ब्याट्री सिस्टम जडान भएकाे ठाउँकाे अवलोकनका साथै ती प्रविधिहरूबारे अवलोकनसमेत गर्ने अवसर सदस्यहरूलाई मिलेको 'एमच्याम' नेपालका अध्यक्ष अजित शाहले बताउनुभयो ।
अवलोकनका क्रममा नवीकरणीय ऊर्जाको क्षेत्रमा निजी तथा सार्वजनिक क्षेत्र तथा उद्योगहरूले सामना गरिरहेका चुनौतीहरूबारे कार्यक्रममा गहन छलफल भएको छ । देशमा ऊर्जाको विश्वसनीयता बढाउन, ऊर्जा सुरक्षा र राष्ट्रिय ग्रिडलाई स्थायित्व प्रदान गर्न सौर्य र ब्याट्री प्रविधिको प्रयोगबारे कार्यक्रममा छलफल गरिएको थियो ।
'एमच्याम' नेपाललाई नेपालमा कार्यरत ४० भन्दा बढी विविध अमेरिकी व्यवसाय र कम्पनीहरूसँग यूएस च्याम्बर्स अफ कमर्सबाट आधिकारिक मान्यता छ । यस संस्थाको उद्देश्य पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित नेपालका लागि वैदेशिक लगानी (एफडीआई) समावेश गरी दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्नु भएको संस्थाले एमच्याम नेपालले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।