बझाङमा जीप दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, ५ जना घाइते

 कात्तिक ३, २०८० शुक्रबार १९:३१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बझाङ – बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा जीप दुर्घटना हुँदा त्यही वडाकाे बुड्खोरीका २५ वर्षीय रेशम महतकाे ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी प्रमुख एवम् वरिष्ठ नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप 'ब्रेक फेल' भएर खोरी र नौराकोबीच सडकमा दुर्घटना हुँदा छ जना घाइते भएका थिए । गम्भीर घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा ज्यान गएकाे उपरीक्षक शाहले जानकारी दिनुभयो ।

दुर्घटनामा बुड्खोरीका रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र नीरन धामी घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीपमा चालक विनोद धामीसहित नौ जना सवार थिए । चालक धामीलाई प्रहरीले पक्राउ लिएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया