काठमाण्डाै उपत्यकाबाट घर फर्कनेकाे घुइँचाे (तस्बिरसहित)

 कात्तिक ४, २०८० शनिबार ९:३०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विजयादशमी नजिकिँदै गर्दा काठमाण्डौ उपत्यका छाडेर घर जानेको घुइँचाे लागेको छ ।  रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् ।

आजदेखि सरकारी बिदा समेत शुरु भएकाले घर फर्किनेको लर्काे बढेको छ । कलङ्की, बालाजु, बल्खु, कोटेश्वरलगायतका ठाउँमा बिहानैदेखि यात्रुको भिड लागेको छ ।

उपत्यका भित्रका सार्वजनिक गाडीमा पनि यात्रुको थामी नसक्नु भिड छ । भिडका कारण कलङ्की, बल्खु, कोटेश्वर, जडीबुटीमा जाम समेत बढेको छ । यस्तै, गाडी छुट्ने नयाँ बसपार्कमा पनि घुइँचो बढेको छ ।

ट्राफिक प्रहरीका अनुसार हिजो एकैदिन काठमाण्डौ उपत्यकाबाट एक लाखभन्दा धेरै बाहिरिएका छन्  । हिजो एक लाख १२ हजार ४ सय १६ जना बाहिरिएका छन् । यो सङ्ख्या आज झन् बढ्ने छ ।

यसपालि घटस्थापनादेखि अहिलेसम्म ६ लाखभन्दा धेरै यात्रु बाहिरिएका अनुमान छ । 

अन्तिम अपडेट: कात्तिक १७, २०८०

तपाईको प्रतिक्रिया