आर्थिक मन्दीको मार खसीबोकामा पनि, किनबेच घट्यो

 कात्तिक ४, २०८० शनिबार १२:१९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यस वर्ष आर्थिक मन्दीको प्रभाव खसीबोकामा पनि परेको छ । अघिल्ला वर्षहरुमा खसीबोका किनबेच गर्ने ठाउँमा मानिसहरुको भिड लाग्ने गरेकोमा यस वर्ष व्यापार नै कम भएको व्यापारीहरुले बताएका छन् ।

बिक्री घटेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको मूल्य फेरि घटाएको छ । सुरुमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको खाद्यले मूल्य संशोधन गरेर खसीबोकामा प्रतिकिलो २० र च्याङ्ग्रामा २५ रुपैयाँ छुट दिएको हो ।

बिक्री नै कम भएकोले जति लामो समय पाल्यो त्यत्ति नै बढी खर्च हुने हुँदा भाउ घटाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले बताउनुभयो । यस्तै, अरु व्यापारीहरुले पनि जिउँदो खसीबोका किलोको ६ सय ४० देखि ५० तोकेकोमा ग्राहकहरुले मोलमोलाई गरेर  त्यो भन्दा पनि सस्तोमा बिक्री गर्न बाध्य भएको बताएका छन् ।

यस वर्ष दुई/तीन घरपरिवार मिलेर एउटा खसीबोका किन्ने तथा थुप्रै मासु पसलहरुमा दशैँका मुख्य दिनको लागि निश्चित मात्रामा मासु अर्डर गर्ने क्रम बढेको भक्तपुरको कौशलटारमा मासु पसल गर्ने रामेछापका रामचन्द्र घिमिरेले बताउनुभयो ।

अघिल्लो वर्ष आफूले ३४ वटा जिउँदो खसी बेचेकोमा यस वर्ष अहिलेसम्म ४–५ वटा पनि बिक्री नभएको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया