हनुमानढोकामा गोरखाबाट ल्याएको फूलपाती भित्र्याइयो

 कात्तिक ४, २०८० शनिबार १७:३५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाण्डौको जमलसम्म काठमाण्डाैबाट गएका ब्राह्मण जातिका छ जनाले त्याे ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्ड बाजा, पञ्जे बाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइन्छ । आज पनि बडो तामझामका साथ फूलपाती भित्र्याइएको छ । पृथ्वीनारायण शाहले काठमाण्डाै राज्यमाथि विजय प्राप्त गरेदेखि गोरखाबाट काठमाण्डौ फूलपाती ल्याउने परम्परा छ । आजै राति कालरात्रि देवीको पूजा गरिन्छ ।

नवरात्रिको सातौँ दिन आज दुर्गापीठ, दशैँघर, कोत तथा घर–घरमा फूलपाती भित्र्याइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया