उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ महाधिवेशनबाट राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा भएको छ ।
असन्तुष्ट पक्षले बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै समिति घोषणा गरेको हो । उनीहरुले यो शर्मा नेतृत्वको समिति नै आधिकारिक भएको दाबी गरेका छन् । यसअघि महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी अध्यक्ष रहेको समितिले भने हिजै कार्यभार सम्हालिसकेको छ । केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक पनि बसेको थियो ।
कार्यभार सम्हाल्नुअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो । तर हिजो बेलुका ललितपुरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठलगायतले ११औँ महाधिवेशनबाट भएको नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए । लगत्तै समानान्तर समिति घोषणा गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।