गाउँघरमा चहलपहल बढ्दो, सहर बजार सुनसान बन्दै

 कात्तिक ५, २०८० आइतबार ७:२७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ ।

गएको २८ गते अग्रिम टिकट बुकिङ शुरु भएदेखि नै सहर बजारमा रहेकाहरु घर फर्किन थालेका हुन् । विद्यार्थी, कर्मचारी, व्यापारव्यवसाय गरी बस्ने  तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर गाउँघर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको हो ।

फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैँको महत्त्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । हिजो फूलपातीको दिन एक लाख जनाभन्दा धेरै यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ३० हजारभन्दा धेरै यात्रु बाहिरएका तथ्याङ्क छ  ।

घटस्थापनादेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका अनुमान गरिएको छ । गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै सहर, बजारमा चाप घट्न थालेको छ । मानिस र गाडीको सङ्ख्या घट्न थालेको छ । धेरैजसो पसल तथा सटरहरु बन्द छन् ।  

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया