नारायणगढ–बुटवल सडक समयमा निर्माण नहुँदा यात्रुलाई सास्ती, दुर्घटनाकाे जाेखिम

 कात्तिक ६, २०८० सोमबार ९:४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नारायणगढ–बुटवल सडक निर्माण समयमा नहुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ । सडकका कारण यातायात व्यवसायी र गाडी चालक पनि हैरान भएका छन् ।

यो सडक खण्डमा दुर्घटना समेत हुने जोखिम बढेको छ । ठेकेदार कम्पनी जिम्मेवार नहुँदा र लापरबाही गर्ने ठेकेदारलाई कारबाही नहुने प्रवृत्तिका कारण यात्रुले सास्ती पाउँदै आएका छन्  ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको तोकिएको म्यादभित्र पूरा नभएपछि म्याद थप भएको छ । तर, म्याद थप भए पनि कामको गति उस्तै सुस्त रहेको छ। २०७५ साल चैत ८ गते नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेको थियो।

बुटवल–नारायणगढ सडक आयोजनाका इन्जिनियरले वर्षायामका कारण अहिले धेरै काम नभए पनि तोकिएको मितिमा काम सम्पन्न गर्ने गरी आफूहरूले काम गरेको बताएका छन्।

अहिले एक वर्षका लागि थपिएको म्याद अनुसार २०८१ साउनमा सडक बनिसक्नुपर्नेछ । यसका लागि सडकमा धमाधम काम भइरहेको नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका प्रमुख आशिष थापामगरको दाबी छ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सडकको दुरवस्थाले १० वर्षसम्म टिक्ने गाडी १ वर्षमै बिग्रने गरेको बताउनु भएको छ। 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया