दशैँमा सुनसान बन्यो काठमाण्डाै उपत्यका (तस्बिरसहित)

 कात्तिक ६, २०८० सोमबार ११:५४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु दशैँ मनाउन घर फर्किएसँगै सहर बजार सुनसान भएकाे छ । विद्यार्थी, कर्मचारी, व्यापार व्यवसाय गरी बस्ने  तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर घर फर्किएसँगै गाउँघरमा भने चहलपहल बढेको छ।

सधैँजसो ट्राफिक जामले भरिने काठमाण्डाै उपत्यकाका सडक अहिले सुनसान भएका छन् । सडकमा हिँडडुल गर्ने मानिस र गाडी फाट्टफुट्ट मात्रै देखिएका छन् भने पसलहरु प्रायः बन्द छन् ।

काठमाण्डाैमा मानिसहरुको खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु बन्द रहेका छन् । 

अन्तिम अपडेट: कात्तिक १७, २०८०

तपाईको प्रतिक्रिया