इजरायल–प्यालेस्टाइन युद्धप्रति नेपालका सात जना पूर्व राजदूतहरुको भर्त्सना

 कात्तिक ६, २०८० सोमबार १३:४०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालका सात जना पूर्वराजदूतहरूले इजरायल–प्यालेस्टाइन युद्धबारे चिन्ता व्यक्त गर्दै संयुक्त रूपमा विज्ञप्ति निकालेका छन् । 

पूर्वराजदूतहरू निलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, डा. दुर्गेश मान सिंह श्रेष्ठ, टंक कार्की, लीलामणि पौड्याल र महेश मास्केले आइतवार संयुक्त विज्ञप्ति निकाल्नुभएको हो ।

विज्ञप्तिमा इजरायल र प्यालेस्टाइनबीच चलेको हिंसाबाट आफूहरू चिन्तित भएको उल्लेख छ ।  उहाँहरुले हमासको आक्रमण निन्दनीय र त्यसको प्रतिक्रियामा इजरायली सरकारले मानवीय मूल्य, मान्यताका सबै मानकलाई तोड्दै प्रतिहिंसाको सिलसिला शुरु गरेको बताउनुभएको छ ।

विज्ञप्तिमा आफ्नो अधिकारको खोजी गर्ने क्रममा निर्दोष र निहत्था मान्छेलाई हतियारसहित आक्रमण गर्ने जस्ता क्रियाकलापको निन्दा तथा भर्त्सना गरेको उल्लेख छ । उहाँहरुले तत्काल युद्ध रोकी वार्ताद्वारा समस्याको समाधान गर्न राष्ट्रसङ्घसँग आग्रह गर्नुभएको छ ।

यो सङ्कटको समयमा आगोमा घिउ थप्ने काम नगरि समस्या समाधानतर्फ लाग्न अन्तर्राष्ट्रिय जगतलाई पनि उहाँहरुले आग्रह गर्नुभएको छ । 
  
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया