काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई ६ – १ गोलकाे भारी अन्तरले हराएकाे छ ।
घरेलु मैदानमा सिटीले साउथह्याम्पटन विरूद्द आधा दर्जन गोल गर्दा रहिम स्टर्लिङले दुई गोल गरे । खेलको छैटौं मिनेटमा वेस्लीको आत्मघाती गोलबाट सिटीले अग्रता बनाएको थियो । १२ औं मिनेटमा अग्युरोले सिटीको अग्रता २ – ० को पुर्याए । त्यसपछि १८ औं मिनेटमा सिल्भाकाे गोलमार्फत सिटीले अन्तर ३ – ० मा पुर्यायाे ।
खेलको ३० औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले गोल गर्दै खेल ३ – १ को स्थितिमा ल्याए । तर ४५ औं मिनेटमा स्टर्लिङले गोलगरेपछि पहिलो हाफमा सिटीले ४ – १ को अग्रता बनायाे ।
६७ औं मिनेटमा स्टर्लिङले ब्यक्तिगत दाेस्राे तथा टिमका लागि पाँचाैं गाेल गरे । खेलको ९० औं मिनेटमा सानेले गोल गर्दा सिटीले ६ – १ को फराकिलो जित हात पार्याे । जितसँगै सिटी ११ खेलबाट २९ अंकका साथ लिगकाे शीर्ष स्थानमा उक्लिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।