पहिरो पीडितलाई दशैँमा खाद्यान्न सहयाेग

 कात्तिक ६, २०८० सोमबार २०:१५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – दशैँकाे अवसरमा सोसेक नेपालले नौमूले गाउँपालिका र आठबीस नगरपालिकाका पहिरो पीडित १४ परिवारलाई खाद्यान्न सहयोग गरेकाे छ । पालिकाहरूको आग्रहमा आज साेमवार पहिराे पीडितलाई खाद्यान्न र कपडा सहयोग गरिएको हीरासिंह थापाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सांसद सीताकुमारी राना र नौमूले गाउँपालिकाका अध्यक्ष छबिराम सुबेदी लगायतका जनप्रतिनिधिको उपस्थितिमा नौमूलेमा र सांसद रानासँगै आठबीस नगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा राकममा खाद्यान्न र कपडा सहयोग गरिएकाे हो ।

डीसीएको साझेदारीमा सञ्चालित ग्रीन कर्णाली गिफ्ट परियोजना अन्तर्गत प्रतिपरिवार ५० केजी चामल, एक पेटी तेल, तीन केजी नुन, डेढ दर्जन साबुन, दुई/दुई वटा कम्बल, तन्ना र सिरानीसमेतका सामग्री दिइएको हो ।

पहिरो प्रभावित परिवारले दशैँका बेला पाएको यो सहयोगले उनीहरूलाई ठूलो सहयोग पुगेको भन्दै सहयोगी संस्थाहरूलाई आठबीस नगरपालिकाका पूर्वमेयर खड्गराज उपाध्यायले धन्यवाद दिनुभयो । सहायता पाएपछि दशैँ र तिहारलाई खाद्यान्न अभावको चिन्ता हटेको भन्दै नौमूले गाउँपालिका–४ कालिकाकी मन्धरा सिजालीले खुशी व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया