न्युजिल्याण्ड विरुद्ध पाकिस्तान ४७ रनले विजयी, बाबर अजामकाे नयाँ किर्तिमान

 कात्तिक १९, २०७५ सोमबार ७:९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

न्युजिल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वेन्टी खेलमा पाकिस्तान ४७ रनले विजयी भएको छ । जसका कारण पाकिस्तानले तीन खेलको श्रृखंलामा ह्वाइट वास गरेको छ । यो खेलसँगै पाकिस्तानका बाबर अजामले नयाँ किर्तीमान बनाएका छन् ।

यूएईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ६६ रन बनायो । उसका लागि बाबर अजामले ७९ रन बनाए भने मोहम्मद हफिजले ५३ तथा सोयव मलिकले १९ रन बनाए ।

जवाफमा न्युजिल्याण्ड १६ ओभर ५ बलमा एक सय १९ रन बनायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कप्तान केन विलियम्सनले सर्वाधिक ६० रन बनाए भने ग्लेन फिलिप्सले २६ रन बनाए । बाँकि खेलाडी सस्तैमा आउट भए ।

न्युजिल्याण्डलाई सस्तैमा आउट गर्न सादाव खानले तीन तथा इमाद वासिम र वकास मक्सुदले दुई दुई विकेट लिए । यो खेलमा पाकिस्तानले तीन नयाँ रेकर्ड बनाउन सफल भयो । टी–२० क्रिकेटमा कम खेलमा एक हजार रन पूरा गर्ने बाबर अजाम पहिलो खेलाडी बनेका छन् ।

उनले भारतीय कप्तान विराट कोहलीको रेकर्ड तोडे । कोहलीले २७ खेलमा हजार रन पूरा गरेका थिए भने अजामले २६ खेलमा हजार रन पूरा गरे । यस्तै विपक्षीको दशै विकेट लिने रेकर्ड पनि पाकिस्तानले लम्ब्याएको छ । अहिलेसम्म पाकिस्तानले ३१ पटक विपक्षीको सबै विकेट लिन सफल भयो । यसअघि अष्ट्रेलियाले १९ पटक लिएको छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया