उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज निःशुल्क बस सेवा सञ्चालन गर्ने भएका छन् । अघिल्ला वर्षमा तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको प्रहरीले यस वर्ष टीकाको दिन आज बिहान साढे आठ बजेदेखि दिउँसो चार बजेसम्म मात्रै सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
टीकाको दिन सार्वजनिक गाडी कम चल्ने भएकाले नागरिकको सहजताका लागि काठमाण्डौ उपत्यकामा दुई वटा बस सञ्चालन गर्न लागेको नेपाल प्रहरीले जनाएको छ । रुट नम्बर–१ मा रहेको बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक हुँदै जय नेपाल हलसम्म परिक्रमा गर्नेछ ।
रुट नम्बर–२ को बस नक्साल, रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ हुँदै बालुवाटारसम्म पुग्नेछ ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । दशैँको बेला आवातजावत गर्नेहरुको सहजताका लागि अस्ति महाअष्टमीदेखि नै उपत्यकाका दुई वटा रुटमा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।
दुई वटा रुटमा बिहान साढे ८ बजेदेखि बेलुका ६ बजेसम्म गरी दुई चरणमा निःशुल्क बस सञ्चालन भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । एउटा बस सशस्त्र प्रहरी बलको कार्यालय स्वयम्भू हलचोकदेखि वनस्थली, वसुन्धारा, चाबहिल, कोटेश्वर, सातदोबाटो, कलङ्की हुदैँ हलचोकसम्म र अर्को बस सशस्त्र प्रहरी बलको कार्यालय स्वयम्भू हलचोकदेखि स्वयम्भू चोक, कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, वनस्थली हुदैँ हलचोकसम्म सञ्चालनमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।