दुर्गा भवानीको मूर्ति विसर्जनका दिन भोलि बाँकेमा जाँडरक्सी खान र बेच्न रोक, अटेरी गरे कारबाही गरिने

 कात्तिक ७, २०८० मंगलबार ११:१८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जिल्ला प्रशासन कार्यालय बाँकेले दुर्गा भवानीको मूर्ति विसर्जनका दिन भोलि जिल्लाभरि नै जाँडरक्सी खान र बेच्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक विज्ञप्ति निकालेर दशैँको भोलिपल्ट अर्थात् बुधवार दुर्गाको मूर्ति विसर्जन जुलुस निस्कने भएकाले जुलुसलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन बिहान ८ बजेदेखि राति १२ बजेसम्म जिल्लाभरि नै जाँडरक्सी ओसारपसार, बिक्री वितरण तथा उपभोगमा पूर्ण निषेध गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको विज्ञप्तिमा जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखेर एक दिनका लागि पूर्णरूपमा जाँडरक्सी खान र बेच्न प्रतिबन्ध गरेको उल्लेख छ ।

अटेर गरी कुनै पनि गतिविधि भएमा कानुन अनुसार कारबाही हुने विज्ञप्तिमा भनिएको छ । दशैँको भोलिपल्ट विभिन्न ठाउँमा दुर्गा भवानीको मूर्ति पवित्र जल कुण्ड/नदी घाटहरूमा विसर्जन गर्ने परम्परा छ ।

मूर्ति विसर्जनका लागि बाँकेमा समय सीमा निर्धारण गरिएको छ । भोलि बेलुका ५ बजेअघि नै मूर्ति विसर्जन गर्न पनि जिल्ला प्रशासन कार्यालय बाँकेको अनुरोध छ ।  

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया