बाग्लुङको गलकाेटमा रुख ढलेर बिजुलीको पोलमा क्षति, विद्युत् आपूर्ति बन्द

 कात्तिक ७, २०८० मंगलबार १२:२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ - बाग्लुङमा रुख ढलेर बिजुलीको पोलमा क्षति गरेपछि विद्युत् आपूर्ति बन्द भएको छ । गएराति गलकाेट नगरपालिका–६ जामुनडाँडामा रुख ढलेर पोलमा क्षति गरेको हो ।

बाग्लुङ–गलकाेट–बुर्तिवाङ ३३ केभी प्रसारण लाइनको पोल ढलेर तार असरल्ल भएको छ । बिजुली बत्ती नहुँदा बाग्लुङका ४ वटा पालिका गल्कोट नगरपालिकासहित ताराखोला, बडीगाड र ढोरपाटन नगरपालिकाका बासिन्दा प्रभावित भएका छन् ।

बिजुली नहुँदा मोबाइल सेवा, सञ्चारमाध्यम तथा अरु काममा समस्या भएको छ । विद्युत् वितरण केन्द्र बाग्लुङका अनुसार सकेसम्म आजै नियमित बिजुली आपूर्ति गर्ने गरी प्राविधिक खटिएका छन् ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया