बाग्लुङमा रुख ढलेर बिजुलीको पोल क्षति भएपछि बन्द बिजुली बल्यो

 कात्तिक ७, २०८० मंगलबार १८:८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाग्लुङमा रुख ढलेर बिजुलीको पोलमा क्षति गरेपछि बन्द भएको विद्युत् आपूर्ति अहिले सञ्चालनमा आएको छ । गएराति गलकाेट नगरपालिका–६ जामुनडाँडामा रुख ढलेर पोलमा क्षति गरेपछि विद्युत् आपूर्ति बन्द भएको थियो । अहिले मर्मत गरेपछि सबै पालिकामा नियमित बिजुली आपूर्ति भएको हो । बाग्लुङ–गल्कोट–बुर्तिवाङ्ग ३३ केभी प्रसारण लाइनको पोल ढलेर तार असरल्ल भएको थियो ।

बिजुली बत्ती नहुँदा बाग्लुङका ४ वटा पालिका गलकाेट नगरपालिकासहित ताराखोला, बडिगाड र ढोरपाटन नगरपालिकाका बासिन्दा प्रभावित भएका थिए । बिजुली नहुँदा मोबाइल सेवा, सञ्चारमाध्यम तथा अरु काममा समस्या भएको थियो । मर्मतका लागि विद्युत् वितरण केन्द्र बाग्लुङका प्राविधिक खटिएका थिए । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया