उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ । विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलङ्गवामा विवाद उत्पन भइ साम्प्रदायिक दङ्गा भड्किएपछि आज विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो।
यसवर्ष मलङ्गवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिएको उहाँले बताउनुभयो । मूर्ति विसर्जनमा यसवर्ष सर्वसाधारणको सहभागिता घटेको थियो ।
गएका वर्षको मार्गमा दुर्गाजीको मूर्ति घुमाउन सुरक्षाकर्मीले दिएनन् । यसमा आपत्ति जनाउँदै धेरैजसो सर्वसाधारण मूर्ति विर्सजनमा सहभागी नभएको स्थानीय सुधीर शर्माले जानकारी दिनुभयो । यसअघि मलङ्गवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झड्प भइ कर्फ्यु आदेश नै जारी गर्नुपरेको थियो ।
मार्गबारे विवाद भएपछि मलङ्गवाको जिल्ला विकास चोकको मूर्ति विर्सजन गर्न सर्वसधारण नआएर ढिलाइ भएको मेला व्यवस्थापन समितिका अध्यक्ष पङ्कज कर्णले जानकारी दिनुभयो । मलङ्गवाको जिल्ला विकास चोकको मूर्ति विसर्जनका लागि सहजीकरण भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।