मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बन्दै

 कात्तिक ९, २०८० बिहिबार ८:५७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

मुस्ताङ - मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बन्दै गएको छ ।

धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् ।

मुुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक पुग्ने गरेका घरपझोङ गाउँपालिका–५ ठिनीको थकाली सामुुदायिक होमस्टेका सञ्चालक जुुमा थकालीले बताउनुुभयो ।

पृथक भूगोल, मुक्तिनाथ, दामोदरकुुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहासिक दरबार मात्र नभएर बस्तीअनुुसार फरक फरक संस्कृतिको पनि अवलोकन गर्न पाइने भएकाले पर्यटक आकर्षित हुन थालेका उहाँको भनाइ छ ।

भदौरे, कुमार जात्रा, लामा नाच, थार्तुङ, तिजी र फागुुपूर्णिमाका अवसरमा देखाइने मौलिक गीत तथा नृत्यले पर्यटक आकर्षित गर्न तथा बसाइँ लम्बाउन सहयोग मिलेको छ ।

सडक यातायातको सुविधा, प्रचारप्रसारलगायतका कारण परम्परागत सांस्कृतिक मेला पर्वमा पर्यटकको सहभागिता बढेको कुछप तेरङ्गा गुुम्बा संरक्षण समितिका अध्यक्ष कुुलबहादुुर थकालीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया