सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्...
मंसिर ११, २०८१ मंगलबार
मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकामा रहेको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुबासी उत्साहित भएका छन् । काठमाण्डौमा वैशाख १६ र १७ मा भएको तेस्रो लगानी सम्मेलनमा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्रेलियन गुप्रले लगानी गर्ने गरी सम्झौता भएको छ ।
रारामा वैदेशिक लगानी भित्रिन लागेको र यसबाट कर्णालीको पर्यटन क्षेत्रमा नै योगदान पुग्ने अपेक्षा गरिएको छ । रारा ताल क्षेत्रमा लामो समय अष्ट्रेलियामा बस्दै आएका बद्री अर्याल र सञ्जीव शर्माले एक्सपर्ट गुप्रमार्फत् लगानी भित्र्याउनु भएको हो । एक्सपर्ट गुप्रले अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युतकाे क्षेत्रमा लगानी गर्दै आएको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा झण्डै ७० करोड लगानी हुने भनिएको छ । आयोजनामा दोस्रो चरणमा ४० करोड लगानी थप हुने निर्माण कम्पनीले जनाएको छ । समुद्र सतहदेखि तीन हजार सात सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालको मनमोहक दृश्य देख्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।