उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - मकवानपुरको हेटौँडा–१५ रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।
बिहान पौने ६ बजे पूर्व पश्चिम सडक खण्डको रातोमाटेमा ना १ क ६०५५ नम्बरको क्रेन अनियन्त्रित भइ सडकको छेउमा पल्टिँदा बाराको विश्रामपुर बस्ने १८ वर्षका सहचालक विपीन महतोको ज्यान गएको मकवानपुरका प्रहरी उपरीक्षक एवम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताउनुभयो ।
क्रेनले च्यापिएको अवस्थामा घाइते भएका महतोलाई स्थानीय बासिन्दाको सहयोगमा निकालेर उपचारको लागि हेटाैँडा अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । दुर्घटनामा पर्साको वीरगञ्ज–३० लालपर्साका ३० वर्षका चालक दशरथ पासवान सामान्य घाइते हुनुभएकाे प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।