१३ जना मान्छे खाने बाघ मारियो

 कात्तिक १९, २०७५ सोमबार ११:३१:१४ | एजेन्सी

भारतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्रमा एक नरभक्षी बघिनी (मादा टाइगर) मारिएको छ । ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही समय अघि यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको बताइएको थियो । 

भारतीय इतिहासकै ठूलो मध्येको एक खोजी अभियानपछि बघिनीलाई गोली हानी मारिएको हो ।  दुई वर्ष अघिदेखि बघिनीको खोजी भैरहेको थियो । 

अधिकारकर्मीहरूले ती बघिनीलाई बचाउने अभियान चलाएका थिए, तर सर्वोच्च अदालतले त्यसलाई मार्न बाध्य भए त्यसमा हस्तक्षेप नगर्ने बताएको थियो ।

शुक्रवार साँझ बोराती गाउँ नजिकको क्षेत्रमा पुगेकी बघिनी एउटै गोलीको प्रहारबाट मारिएको अधिकारीहरूले बताएका छन् ।

यो बघिनीलाई मार्नका लागि १०० भन्दा बढी क्यामेराको प्रयोग गरिएको थियो । बघिनीलाई आकर्षित गर्नका लागि रुखमा नक्कली बाख्रा र घोडा पनि राखिएको थियो ।

पछिल्लो समय बाघिनीलाई आकर्षित गर्नका लागि सिवेटोन नामक रसायनको प्रयोग गरिएको थियो । यो रसायन चितुवालाई आकर्षित गर्नका लागि प्रयोग गरिन्छ । 

याे पनि पढ्नुहाेस् । 

मान्छे खाने बाघ मार्न यस्ताे कुकुर 

– बीबीसी हिन्दीबाट 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया