उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - चिसोयाम शुरु भए पनि डेङ्गीको सङ्क्रमण रोकिएको छैन । काठमाण्डौ उपत्यकामा त केही दिनदेखि सङ्क्रमण बढिरहेको छ । ज्वरो आएर अस्पताल पुग्ने गरेका धेरैजसो व्यक्तिमा डेङ्गीको सङ्क्रमण देखिइरहेको डाक्टरहरुले बताएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २० जना ज्वरोकाे लक्षण भएका बिरामी आउँदा १५ देखि १८ जनामा डेङ्गी देखिने गरेको अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनले जानकारी दिनुभयो । अहिले पनि औसतमा दैनिक २० जनाभन्दा धेरै ज्वरोका बिरामी अस्पताल आउने गरेको उहाँले बताउनुभयो ।
सामान्यतया वर्षातको मौसम सकिएर चिसो बढ्न थालेपछि डेङ्गीको प्रकोप घट्ने अनुमान गरिन्छ । तर, पछिल्ला वर्षहरूमा कात्तिक र मंसिरको समयमा समेत डेङ्गीका बिरामी घटेका छैनन् । वर्षात पछिको यो मौसम डेङ्गी सार्ने लामखुट्टेको लागि उपयुक्त हुने देखिएको डा. पुनले बताउनुभयो ।
डेङ्गी सार्ने लामखुट्टेका लागि १० देखि २५ डिग्री सेल्सियसको वातावरण उत्तम हुने भएकाले डेङ्गीको सङ्क्रमण उच्च पहाडी क्षेत्रमा पनि बढ्दै गएको उहाँले बताउनुभयो । टेकुसँगै अहिले सिभिल, पाटन, वीर, त्रिवि शिक्षण लगायतका अस्पतालमा पनि डेङ्गीका बिरामी बढिरहेका छन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको तथ्याङ्क अनुसार, कात्तिक १ गतेसम्म १५ हजार ३९४ जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी पुष्टि भएकामध्ये १० जनाको ज्यान गएको छ । दशैँ बिदाका कारण कात्तिक १ गतेपछिको तथ्याङ्क अध्यावधिक भइनसकेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।