उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
साेलुखुम्बु – सोलुखुखुम्बुको महाकुलुङ गाउँपालिका–२ पेल्माङमा जाँड–रक्सी खाएर झगडा गर्दा एक जनाको ज्यान गएकाे छ । ज्यान जानेमा महाकुलुङ–२ कै ५० वर्षीय सितलबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार शुक्रवार राति ८ बजेतिर स्थानीय समित कुलुङको घरमा सितल, समित र धिरनबहादुर राई जाँड–रक्सी खाँदै बसिरहेका थिए । त्यही क्रममा विवाद भई कुटपिट हुँदा सितलबहादुरको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको घाँटीमा चोट देखिएको र अन्य दुई जनाकाे टाउकाे तथा हातमा रगत लागेकाे देखिएको वडाध्यक्ष प्रदीप राईले जानकारी दिनुभयो ।
समित र धिरनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।