पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपमा छनाेट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन् ।
आज आइतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा कप्तान पाैडेलले यस्ताे बताएका हुन् । उनले पछिल्लाे ६ महिनायता ब्याटिङ राम्रो भएको बताए । पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको उनकाे भनाइ छ ।
पाैडेलले घरेलु मैदानमा हुने छनाेट खेललाई आफूहरूले ठूलो अवसरको रूपमा लिएको बताए । कुनै पनि टाेलीलाई सहजरूपमा नलिएको पनि उनले बताए । सबै खेलाडीले आफूहरूको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने कप्तान पाैडेलकाे भनाइ छ ।
त्यस्तै प्रशिक्षक मोन्टी देसाईले कुनै पनि टाेलीले विपक्षीलाई कमजोर आँक्न नहुने बताए । नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए । एक पटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने उनकाे भनाइ छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट भाेलि साेमवारदेखि आउँदाे आइतवार १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह 'ए' मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह 'बी' मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले भाेलि सिङ्गापुरसँग कीर्तिपुरमा खेल्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।