उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
कास्की – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विमानस्थल निर्माणमा कमसल काम र सामग्री प्रयोग गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा पुगेर छापा मारेको हो ।
विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी परेपछि छापा मारेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंक खाता पनि रोक्का राखेको छ ।
विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले अख्तियारको टोली पोखराका आएर फाइल हेरेको पुष्टि गर्नुभयो । उहाँले विमानस्थलको कामको गुणस्तरमा कुनै समस्या नरहेको दाबी गर्नुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गएको जनवरीमा उद्घाटन भएर सञ्चालनमा आइसकेको छ । तर अहिलेसम्म सम्झौताअनुसारको काम सकिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।