उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - तिहार नजिकिँदै गर्दा देशका विभिन्न ठाउँमा सयपत्री, मखमली र गोदावरी फूल ढकमक्क फुल्न थालेका छन् । तिहारमा विशेष गरेर सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग हुन्छ । त्यसमा पनि सयपत्री फूलको प्रयोग बढी हुन्छ ।
मखमली र गोदावरी फूल स्वदेशकै उत्पादनले पुग्ने भए पनि सयपत्री फूल भने भारतबाट समेत आयात हुने गरेको छ । तर बर्सेनि सयपत्री फूलको खेती बढ्दै गएकाले आयात घट्न थालेको फ्लोरिकल्चर एसोसिएशन अफ नेपाल (फ्यान) ले जनाएको छ ।
फ्यानका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यसवर्ष मागको ८० देखि ८५ प्रतिशत सयपत्री फूल स्वदेशी उत्पादनले पुग्ने सम्भावना छ । देशभित्रै खेती विस्तार भएकाले सयपत्री फूलको मागअनुसार उत्पादन हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।
यसैबीच यस वर्ष तिहार ढिलो भएका कारण कतिपय ठाउँमा सयपत्री र मखमली फूलहरू सुक्न थालेका छन् । यस वर्षको भाइटीका केही ढिला परेकाले अघिल्लो वर्षकै समयमा फूल रोप्नेहरु समस्यामा परेका हुन् ।
चाँडै टिप्नुपर्ने सयपत्री फूल बढीमा एक हप्तासम्म मात्रै भण्डारण गर्न सकिने व्यवसायीहरु बताउँछन् । फ्यानका अध्यक्ष तामाङले कोल्डस्टाेरमा बढीमा ५ देखि ७ दिनसम्म मात्रै फूल भण्डारण गर्न मिल्ने बताउनुभयो । चाँडै फुलेका फूल बिक्री गर्नुपरेमा फ्लोरिकल्चर सहकारी संस्थाले पनि सहयोग गर्ने भएकाले सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।