अनुसन्धान विभागका तत्कालीन अधिकृतविरुद्ध नक्कली शैक्षिक प्रमाणप...
मंसिर २४, २०८० आइतबार
काठमाण्डाै - छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ को विजेता कृतिहरुको नाम सार्वजनिक भएको छ ।
पुरस्कार २०७८ का लागि वसन्त ओली वसन्तीको गजल सङ्ग्रह 'बोई' र २०७९ का लागि प्रदीप रोदनको गजल सङ्ग्रह 'मफलर' लाई प्रदान गर्न लागिएको छ । दश हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिने याे पुरस्कार आउँदाे कात्तिक २५ गते शनिवार काठमाण्डाैमा एक समारोहबीच प्रदान गरिनेछ ।
साहित्यकार जेसागरले २०७४ सालमा आफ्नो गजल कृति 'यत्ति भए पुग्छ' विमोचन समारोहमा आफ्ना मातापिताको नाममा स्थापना गरेको पुरस्कार २०७४ सालदेखि नियमित प्रदान गरिँदै आएको थियो । विशेष कारणवश २०७८ सालमा प्रदान हुन नसकेको कारण यो वर्ष २०७८ र २०७९ को लागि एकैपटक प्रदान गर्न लागिएको हो ।
बुलबुल पब्लिकेसन्सले संयोजन गर्दै आएको याे पुरस्कार २०७४ सालमा आवाज शर्माले सम्पादन गरेको संयुक्त गजल कृति 'इन्द्रेणी-३, २०७५ सालमा टक गुरुङको गजल सङ्ग्रह 'अनाहत', २०७६ सालमा प्रकृति प्रेमीको गजल सङ्ग्रह 'समीर' र २०७७ सालमा पुष्प अधिकारी अञ्जलीको गजल सङ्ग्रह 'हरियो ऐना' लाई प्रदान गरिएको थियो ।
बुलबुल पब्लिकेसन्सका निर्देशक तथा पुरस्कार संयोजक अच्युत घिमिरे बुलबुलले पुरस्कारको गरिमा र महत्त्वलाई सम्मान गर्दै सधैँ योग्य कृति पुरस्कृत होस् भन्नेमा आफू सचेत रहेको बताउनुभयो ।
रोजगारीको सिलसिलामा यूएईमा रहँदै आउनुभएका पुरस्कारका कोषका संरक्षक जे सागरले योग्य कृतिहरु पुरस्कृत भएको भन्दै खुशी व्यक्त गर्नुभयाे।