बारामा गाेली लागेर प्रधानाध्यापकको ज्यान गयो

 कात्तिक १३, २०८० सोमबार १४:२२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बारा – बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको गोली लागेर ज्यान गएको छ ।

मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले ३५ वर्षका सर्राफमाथि दुई राउन्ड गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गोली लागेका सर्राफकाे वीरगञ्जमा रहेको बयोदा सिटी अस्पतालमा पुर्‍याएकाे केहीबेरमै ज्यान गएको हो । उहाँको घाँटी र छातीमा गोली लागेको अस्पतालले जनाएको छ ।

बजार क्षेत्रमा मोटरसाइकलमा यात्रा गरिरहेकै बेला सर्राफमाथि गोली प्रहार भएको हो । घटनास्थल प्रहरी चौकीबाट नजिकै पर्छ । गोली हान्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया