उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस आज साेमवार पाेखरा आइपुग्नुभएकाे छ । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत आज दिउँसो पोखराकाे पुरानाे विमानस्थल आउनुभएकाे हाे ।
गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहितको टोलीले विमानस्थलमा स्वागत गरेका थिए । उहाँलाई विमानस्थल परिसरमा पोखराका विभिन्न सङ्–घसंस्थाले बाजागाजासहित स्वागत गरेका थिए ।
महासचिव गुटेरेसले आज साँझ फेवातालमा डुङ्गा सयर गर्नुभएकाे छ । तालमा रहेको मोटरबोट चढेर उहाँले तालबाराही मन्दिरकाे परिक्रमा गर्नुभएकाे हाे ।
यसअघि उहाँले पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा रहेको विशाल महादेवको मूर्ति अवलोकन गर्नुभयाे । त्यहाँबाट उहाँले पोखरा बजार, फेवाताल र हिमशृङ्खला हेरेर फर्किनुभएकाे थियाे ।
गुटरेस भाेलि मङ्गलवार बिहान सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर जानुहुनेछ । जलवायु परिवर्तनको असरबारे बुझ्न र प्रत्यक्ष अनुभव गर्न उहाँ त्यहाँ जान लाग्नुभएकाे हाे । महासचिव गुटेरेसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरका बारेमा स्थलगत अनुगमन गर्ने कार्यक्रम पनि छ । आधार शिविरबाट उहाँ बिहान साढे ७ बजे पोखरा विमानस्थल फर्किएर लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।