उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - ललितपुरको जावलाखेलमा आजदेखि १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० शुरु हुँदैछ । फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा शुरु हुन लागेको प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्नेछ । यस वर्षको नारा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने रहेको छ ।
प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलका पाँच प्रजातिबीच प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर छन् ।
एसोसिएशनका उपाध्यक्ष तथा मेला संयोजक सीताराम पन्तले मेलाको सबै तयारी पूरा भएको बताउनुभयो । मेलामा पुष्प व्यवसायका क्षेत्रमा भएका विकास र नवीनतम् प्रविधिलगायतको जानकारी पनि उपलब्ध हुने उहाँले बताउनुभयो ।
प्रदर्शनीमा व्यावसायिक कक्ष ५१, प्रतियोगितात्मक कक्ष दुई र सूचनामूलक चार गरी ५७ प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको एसोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।
एसोसिएशनले २०५१ सालदेखि पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ । अहिले ४८ जिल्लामा झण्डै दुई सय २१ हेक्टरमा पुष्प व्यवसाय भइरहेको छ । जसमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी चार लाख ४० हजारभन्दा बढी जनशक्ति रोजगार छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।