'डब्ल्यूएचओ' काे क्षेत्रीय निर्देशकमा नेपालका आचार्य पराजित, बङ्गलादेशकी वाजेद विजयी

 कात्तिक १५, २०८० बुधबार १४:३४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकमा नेपालका शम्भुप्रसाद आचार्य पराजित हुनुभएको छ । आचार्यलाई पराजित गर्दै बङ्गलादेशकी साइमा वाजेद चुनिनुभएको हो ।

भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले आज बुधवार बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदलाई क्षेत्रीय निर्देशक चयन गरेको हो ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बङ्गलादेश, उत्तर कोरिया, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्यान्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । उनीहरूले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्ने व्यवस्था छ ।

यस पटक सैनिक शासन भएका कारण म्यानमारले मतदान गर्न नपाएकाले १० वटा देशमात्रै मतदानमा सहभागी भएका छन् । सदस्य देशका स्वास्थ्यमन्त्री मतदाता हुन्छन् । नेपालबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वको टोली क्षेत्रीय बैठकमा भाग लिन नयाँ दिल्ली गएको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया