उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौको भृकुटीमण्डप र ललितपुरको जावलाखेलमा भइरहेको पुष्प मेलामा कारोबार सोचेजस्तो नभएको व्यवसायीले बताएका छन् ।
भृकुटीमण्डपमा नर्सरी व्यवसायी सङ्घले र जावलाखेलमा फ्लोरिकल्चर एसोसिएशन नेपालले अस्ति मङ्गलवारदेखि मेला आयोजना गरेका हुन् ।
मेलामा अवलोकनकर्ताको भिड लागे पनि फूलको कारोबार सोचेजस्तो नभएको व्यवसायीले बताएका छन् । यसपालि काठमाण्डौ उपत्यकामा दुई ठाउँमा पुष्प मेला भएको हो ।
फ्लोरिकल्चर एसाेसिएशन नेपालले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी नाम दिएको छ भने नर्सरी व्यवसायी सङ्घले तिहार फ्लोरा एक्सपो नाम दिएको छ ।
यसपालि दुईतिर प्रदर्शनी भएकाले पनि कारोबार सोचेजस्तो नभएको हुन सक्ने जावलाखेलमा प्रदर्शनी राखेका धनप्रसाद घिमिरेको भनाइ छ । दुवै ठाउँमा भएका प्रदर्शनी पर्सि शनिवारसम्म चल्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।