पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा ओमानले घरेलु टोली नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो । नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एक/एक विकेट लिए ।
ओमानका कप्तान जेसन मक्सदले सर्वाधिक ३२ रन जोडे । यस्तै, नसिम खुशीले २५, प्रतीक अथावाले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । नेपाल र ओमानबीचको खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् ।
विश्व कप खेल्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएकाे छ । समान दुई खेलमा ४ अङ्क भए पनि ओमान नेटरनरेटका कारण शीर्षस्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।