विद्युतीय व्यापार विधेयक राष्ट्रियसभाबाट पारित

 कात्तिक १६, २०८० बिहीबार १९:१५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रियसभाले ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक २०८०’ पारित गरेको छ ।

आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा विधेयक सर्वसम्मतिले पारित भएको हो । सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विधेयक प्रस्तुत गर्नुभएकाे थियाे । उद्योगमन्त्री रिजालको प्रस्तावलाई सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच राष्ट्रियसभा बैठकमा चालु अधिवेशन अन्त्यसम्बन्धी जानकारी गराइएको छ । सभाका अध्यक्ष तिमिल्सिनाले चालु अधिवेशन अन्त्यसम्बन्धी जानकारी गराउनुभएकाे हाे । उहाँले राष्ट्रियसभाको चालु १४ औँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गर्नुभयाे ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया