तराईबाट गाडीमा ल्याएका चिनीका ‘पोकापोकी’ काभ्रे प्रहरीले बरामद गर्‍याे

 कात्तिक १६, २०८० बिहीबार १९:५९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जिल्ला प्रहरी कार्यालय काभ्रेले तराईका विभिन्न जिल्लाबाट वीपी राजमार्ग हुँदै काठमाण्डौ आउने सार्वजनिक गाडीमा ल्याइएकाे चिनी बरामद गरेको छ ।

प्रहरीले यस रुट भएर चल्ने गाडीमा अवैध रूपमा चिनी भित्रिरहेको सूचनाका आधारका जाँच गर्ने क्रममा १० क्विन्टल चिनी बरामद गरेको जनाएको छ । पाँच किलो, १० किलो, १५ किलो लगायत स–साना पोकामा रहेको चिनी पनि प्रहरीले बरामद गरेको छ ।

पछिल्लो केही महिनादेखि बजारमा चिनीको अभाव भएपछि तराईका विभिन्न जिल्लाबाट अवैध रूपमा चिनीको ओसारपसार भएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले सार्वजनिक गाडीमा बिल नभएका, कर छली गरी बोरामा पोका बनाई लुकाएर ल्याएका चिनी जफत गरेको बताउनुभयो । सर्वसाधारणले भने घरायशी प्रयोजनका लागि ल्याएकाे चिनी पनि बरामद गरेको भन्दै आक्रोश पोखेका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया