उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – लिखु जलविद्युत् आयाेजनामा कार्यरत कैलाश कार्कीकाे शव अलपत्र परेकाे छ । बुधवार राति रामेछापको उमाकुण्ड गाउँपालिका–१ कोरेममा कार्कीकाे शव बीच बाटोमै छाडेर लिखु जलविद्युत् आयोजनाका प्रतिनिधि सम्पर्कविहीन भएपछि उहाँकाे शव अलपत्र परेको छ ।
बुधवार रामेछापको गोकुलगङ्गा गाउँपालिका –१ साङ्बाडाँडाका कार्कीको आयोजनामा काम गर्ने क्रममा ज्यान गएको थियो । घटनास्थलमै ज्यान गुमाएका कार्कीलाई उपचारका लागि अस्पताल लैजाने भन्दै आयोजनाका प्रतिनिधिले एम्बुलेन्समा राखेर लैजादै गर्दा स्थानीयले बाटोमै रोकेका थिए । यसअघि आयोजनाले शव नै गायब गराउने वा टाढा लगेर मृतकका परिवारलाई मात्र सुटुकक बोलाई जिम्मा लगाउने गरेको भन्दै स्थानीयले शव बाटोमै रोकेका हुन् ।
राति शवलाई लगिँदै छ भन्ने सुनेपछि आफूसहित बाटोमा पुगेर एम्बुलेन्स रोकेको र एम्बुलेन्स रोकेपछि आयोजनाका प्रतिनिधि भागेका लिखुपिके गाउँपालिका–३ का अध्यक्ष ध्रुव बस्नेतले बताउनुभयो । लिखुपिके गाउँपालिका पनि लिखु आयोजनाको प्रभावित क्षेत्रमा पर्छ ।
आयोजनाका प्रतिनिधिले बीच बाटोमै शव अलपत्र छाडेर फरार भएपछि साङ्बाडाँडाबाट पुगेका मृतकका आफन्त, स्थानीयवासी र प्रहरीले शव कुरिरहेका छन् । घटनाबारेमा यथार्थ अनुसन्धान र मृतकका परिवारलाई क्षतिपूर्ति तथा राहतको व्यवस्था नहुन्जेल शव नउठाउने मृतकका आफन्तले अडान लिएका छन् । मृतकका आफन्त र स्थानीयले आयोजनाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आयोजनाका प्रतिनिधि जिम्मेवार नबन्दा समस्या आएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । घटनाको अनुसन्धानका लागि टोली पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।