जुम्लामा नेपाल टेलिकम र वर्ल्ड लिङ्ककाे अप्टिकल फाइबरमा समस्या

 कात्तिक १७, २०८० शुक्रबार १९:१३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कालीकाेट – जुम्लामा नेपाल टेलिकम र वर्ल्ड लिङ्ककाे अप्टिकल फाइबरमा समस्या आएकाे छ । अप्टिकल फाइबर राम्राेसँग नचल्दा नेट र ल्यान्डलाइन फोनमा दिनैभर समस्या आएको छ ।

सुर्खेतदेखि जुम्ला–कालीकोटसम्म झन्डै २८ किलोमिटर दुरीको क्षेत्रमा समस्या आएर सेवाविहीन भएको हो । अहिलेसम्म पनि समस्या कायमै छ । यसअघि केहीबेर मोबाइल सेवा पनि अवरुद्ध भएर फोन नचल्ने समस्या भएको थियो तर पछि मोबाइलको नेटवर्क भने आएको छ ।

दिनैभर नेटमा समस्या आएका कारण विभिन्न कार्यालयमा गर्नुपर्ने काम अवरुद्ध भएको छ । प्राविधिकले मर्मतका लागि प्रयास गरे पनि समस्या भएको क्षेत्रको पहिचान हुन नसकेकाे टेलिकम कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया