भूकम्पका घाइतेको उद्धार र राहतमा सक्रिय रुपमा जुट्न प्रधानमन्त्रीको निर्देशन

 कात्तिक १८, २०८० शनिबार ६:२२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जाजरकोटमा गएरातिको भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्धार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिनुभएको छ । उहाँले घाइतेहरुको तत्काल उद्धार र राहतका लागि सबै संयन्त्रहरुलाई सक्रिय  रुपमा काम गर्न भन्नुभएको छ ।

घाइतेहरूको उद्धारका लागि स्वास्थ्यकर्मी, हेलिकप्टर र औषधि पठाउने तयारी भइरहेको हेलो सरकारले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति प्रधानमन्त्रीले गहिरो दु:ख व्यक्त गर्दै घाइतेहरुको तत्काल उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायलाई परिचालन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया