जाजरकोटमा लगातार भूकम्पका धक्का : चर्केका घर तथा संरचनामा नबस्न विज्ञको सुझाव

 कात्तिक १८, २०८० शनिबार ७:१४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पपछि निरन्तर साना र ठूला परकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ रेक्टरस्केलभन्दा माथिका तीनवटा परकम्प गएका छन् । भूकम्प लगत्तै १२ बजेर ८ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको परकम्प गएको थियो । त्यसपछि १२ बजेर २९ मिनेटमा ४ दशमलव २ रेक्टरस्केलको अर्को परकम्प गएको थियो ।

त्यस्तै, १२ बजेर ३५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएको थियो । अरु साना परकम्पहरु निरन्तर गइरहेका छन् । परकम्पबाट थप क्षति हुने जोखिम कायमै रहेकाले सचेत रहन र चर्केका घर तथा संरचनामा नबस्न राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईको सुझाव छ ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा स–साना भूकम्प गइरहेका छन् । यसअघि बझाङ र डोटीमा पनि भूकम्प गएको थियो । भूकम्पपछि केही महिना वा वर्षसम्म पनि परकम्प जाने र यसबाट क्षति हुनसक्ने केन्द्रका भूकम्पविद् डा. भट्टराईले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया