उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्ने निर्णय गरेको छ ।
आज बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको हो । साथै भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्थापनालाई तीव्रता दिन सबै स्रोत साधन केन्द्रित गर्ने निर्णय भएको छ ।
बिहान कर्णाली प्रदेश सरकारले पठाएको औषधिसहितको हेलिकप्टर जाजरकोट र रुकुम पश्चिममा पुगिसकेको छ । भूकम्पमा परि घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा परि घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पताललाई प्राविधिक रुपमा पूर्णतयारीमा अवस्थामा राखिएको छ । अस्पताललाई उपचारका लागि डेडिकेटेड अस्पताल बनाइएको छ ।
व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेको आफन्तजनको सहजताका लागि पनि फोकल पर्सनका रुपमा नरेश श्रेष्ठलाई तोकिएको छ । घाइतेको उपचारका लागि कोहलपुरमा रहेको मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ । बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच वटा बेडसमेत तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।
हेलिकप्टरबाट ल्याइने बिरामीको लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा एम्बुलेन्स तैनाथ गरिएको छ । अस्पतालहरुमा रगतको मौज्दात रहेको र रक्तदाता सुरक्षाकर्मीको पनि व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । भूकम्पमा परि घाइते भएका आठबिसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत आज बिहान उपचारका लागि उनीहरुलाई सुर्खेत पठाइएको हो । डाक्टर, स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री लिएर आठबिसकोट नगरपालिका पुगेको हेलिकप्टरमार्फत तीन जना घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिनुभयो । घाइते ६२ जनाको नगर अस्पताल राडीमै उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।