टी–२० विश्व कपमा छनोट भएको नेपालको वरीयतामा एक स्थान सुधार

 कात्तिक १८, २०८० शनिबार ११:१८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - आईसीसी टी–२० विश्व कपमा छनोट भएको नेपालको वरीयतामा पनि सुधार भएको छ ।

आईसीसीको टी–२० वरीयतामा नेपाल १५औँ स्थानमा छ । टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे फाइनल अघि नेपाल १६औँ स्थानमा थियो । नेपालले विश्व कप छनोटमा चार मध्ये तीन खेल जितेको थियो । नेपालले नेदरल्यान्ड्सलाई पछि पार्दै एक स्थान सुधार गरेको हो ।

वरीयतामा भारत शीर्ष, इङ्ग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, वेस्टइन्डिज सातौँ, श्रीलङ्का आठौँ र बङ्लादेश नवौँ स्थानमा छन् ।

त्यस्तै, अफगानिस्तान १०औँ, जिम्बावे ११औँ, नामिबिया १२औँ, आयरल्यान्ड १३औँ र स्कटल्यान्ड १४औँ स्थानमा छ । यूएई १७औँ, ओमान १८ औँ र पपुवा न्युगिनी १९औँ स्थानमा छ ।

सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै विश्व कपमा स्थान बनाएको हो । नेपालले उपाधिका लागि भोलि ओमानसँग खेल्नेछ । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया