भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय ३२ पुग्यो

 कात्तिक १८, २०८० शनिबार ११:३७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ३२ जना पुगेको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९५ जना र रुकुमपश्चिममा ३७ गरी १ सय ३२ जनाले ज्यान गुमाएका हुन् ।

भूकम्पमा परेर अहिलेसम्म एक सय ४० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

घाइते भएका र बेपत्ता हुनेको उद्धार तथा खोजीको काम भइरहेको छ । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया