प्रधानमन्त्री चढेको हेलिकप्टर घाइतेको उद्धारमा,  सुर्खेतबाट जहाजमा काठमाण्डौ फर्कँदै

 कात्तिक १८, २०८० शनिबार १४:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर भूकम्प प्रभावित क्षेत्रमा गएको नेपाली सेनाको हेलिकप्टर घाइतेको उद्धारमा प्रयोग भएको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको एमआई–८ हेलिकप्टरमा चढेर बिहान जाजरकोट र रुकुम जानुभएको थियो । तर उहाँ अब सुर्खेतबाट दिउँसो साढे २ बजे काठमाण्डौ फर्कने र उहाँ चढेको हेलिकप्टर घाइतेको उद्धारमा प्रयोग हुने सचिवालयले जनाएको छ ।

प्रचण्डले जाजरकोटको नलगाडबाट सुर्खेत फर्कने क्रममा ७ जना घाइते र कुरुवालाई आफू चढेकै हेलिकप्टरमा उद्धार गर्नुभएको छ । उहाँले  विभिन्न क्षेत्र र अस्पतालमा पुगेर भूकम्प पीडितसँग कुराकानी गर्नुभएको छ भने सरकारी निकाय र सेना प्रहरीलाई उद्धार र राहतमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया