भूकम्प प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःनिर्माणका लागि एनआरएनएको दश लाख रुपैयाँ आर्थिक सहयोग

 कात्तिक १८, २०८० शनिबार १७:३३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राति गएको शक्तिशाली भूकम्पका कारण प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःनिर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ।

आज शनिवार संघका अध्यक्ष डा बद्री केसी र महासचिव गौरीराज जोशीले एक विज्ञप्ति जारी गरी संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनुभयो ।

यसैगरी संघले यस कठिन परिस्थितिमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको जनाउँदै विदेशमा रहेका गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्लाई मातृभूमिमा परेको पीडामा मल्हम लगाउन यथासक्य छिटो उद्धार तथा राहतका लागि आर्थिक तथा भौतिक सहयोगमा जुट्न आग्रह समेत गरेको छ ।

एनआरएनएले भूकम्पले ठूलो क्षति भएकामा अत्यन्त मर्माहत रहेको जनाउँदै ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया