सिंहदरबारभित्र टिकटक बनाउन नपाइने

 कात्तिक १९, २०८० आइतबार १६:३३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिंहदरबार परिसरभित्र अनुमतिविना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ ।

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो । पछिल्लो समय सिंहदरबारभित्रका बगैँचा तथा भीआईपी कार्यालयको अगाडि गएर फोटो खिच्ने तथा टिकटक बनाउने काम बढेकोले सुरक्षा प्रोटोकलअनुसार विना अनुमति त्यस्ता काम गर्न रोक लगाइएको सिंहदरबार सुरक्षा गणका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष तामाङले बताउनुभयो ।

अनुमति लिएर मिडिया तथा सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्न फोटो, भिडियो खिच्न भने रोक नलगाएकाे उहाँले बताउनुभयो । प्रहरीले संवेदनशील क्षेत्रमा गएर टिकटक बनाएको, फोटो खिचेको सीसीटीभीबाट तथा स्थलगत रूपमा पनि अनुगमन गर्ने गरेको छ ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया