टिकटकका प्रतिनिधिसँग सरकारको छलफल, सामाजिक सद्भाव बिगार्नेलाई कारबाहीको तयारी

 कात्तिक १९, २०८० आइतबार १८:४२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले जातीय, धार्मिक र सामाजिक सद्भाव बिगार्ने सामग्री टिकटकबाट स्वतः हट्ने व्यवस्थाका लागि टिकटकका प्रतिनिधिसहित सरोकारवालासँग छलफल गरेको छ ।

जातीय, धार्मिक र सामाजिक सद्भाव बिगार्ने, घृणा–विद्वेष फैलाउने सामग्री टिकटकबाट हटाउने र दोषीलाई कारबाही गर्नका लागि आज आइतवार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो र टिकटकको सिङ्गापुर कार्यालयका प्रतिनिधिबीच छलफल भएको हो ।

सामाजिक सञ्जालमा सम्प्रेषित गलत सामग्रीले जातीय, भाषिक, धार्मिक सद्भाव खलबलाउने, राष्ट्रिय एकता र राष्ट्रहितमा प्रतिकूल असर गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने देखिएपछि साइबर ब्युरोले टिकटक कार्यालयसँग छलफल गरेको हो ।

छलफलपछि त्यस्ता सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया