तालाबन्दीका कारण सप्तरीको विष्णुपुर गाउँपालिका–६ को काम एक हप्तादेखि प्रभावित

 कात्तिक २०, २०८० सोमबार १५:५६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा एक हप्तादेखि स्थानीयले गरेको तालाबन्दीका कारण दैनिक कामकाज प्रभावित भएको छ ।

आय/व्यय सार्वजनिकलगायतका चार सूत्रीय माग राखी गएकाे मङ्गलवारदेखि स्थानीयले तालाबन्दी गर्दा सेवा पूर्णरूपले प्रभावित भएको हो । माग सम्बोधनका लागि पटक–पटक आग्रह गरे पनि वास्ता नगरेकाले तालाबन्दीसहित कार्यालय अगाडि धर्ना बस्न बाध्य भएको सङ्घर्ष समितिका अध्यक्ष राजेशकुमार रायले बताउनुभयो ।

तालाबन्दी तथा धर्ना कार्यक्रमले दैनिक कामकाजमा समस्या आउँदासमेत जनप्रतिनिधिले ताला खोल्न चासो नदिएको सेवाग्राहीले गुनासो गरे ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया